दफा २४७
साहूले ऋण भराई लिन सक्ने

कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहू भएमा त्यस्ता साहूले अपुताली पाउनेबाट ऋण तथा दायित्व भराई लिन सक्नेछ। तर मृतकको सम्पत्ति भन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन ।